
पूर्णपुष्टि, कात्तिक ३
युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै संघीय संसदको सुनुवाई समितिमा तीनवटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् ।
त्यसैगरी, बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।
सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।
उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै समितिले सूचना जारी गर्दै यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको जनाईएको छ ।
