Wednesday, June 17News That Matters

संञ्चारकर्मीप्रति रवि लामिछानेलेको आक्रोश

पूर्णपुष्टि,माघ २२ । सरकार छाड्ने निर्णय सुनाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापतिले नेपाली सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छ । पार्टीको बैठक सकिएपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले निकैबेर नेपालका ठूला सञ्चारमाध्यमले आफू र आफ्नो पार्टीप्रति अफवाह फैलाएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेको भन्दै उनले आक्रोश पोखे–लाज लाग्दैन तपाईंहरूलाई रु मलाई चरित्रहीन बनाएर समाचार लेखिएको छ ।

जसले आफूलाई चरित्रहीन देखाएको छ आउनुस् सम्पादकहरू उनले भने । धेरै सञ्चारमाध्यम तथा तिनका सञ्चालकहरू नामै किटेर उनले त्यस्ता मिडियाहरूले आफूहरूलाई सदैव असहयोग गरेको बताए । पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति निकैबेर खनिएका उनले विभिन्न समयमा छापिएका समाचारका उदाहरण प्रस्तुत गर्दै सञ्चारमाध्यम र तिनका मालिकहरूले गलत गर्दा पनि पत्रकारहरूले लेख्न नसकेको बताए । गृहमन्त्रालय आफ्नो भागमा परेको र पार्टीले पठाएको मान्छे गृहमन्त्री हुने आफूहरूले बताइरहँदा पनि सञ्चारमाध्यमहरूले गलत समाचार लेखेको उनले बताए।

आफू देशको नागरिक भएको र अमेरिका बसाइपछि नेपालमै केही गर्छु भनेर आउँदा पनि पावरको मिसयुज गरेर आफूलाई केही सरकारी मानिसहरूले दुःख दिएको उनले र सर्वोच्च अदालतले आफूलाई एकैछिनमा अनागरिक बनाएको भन्दै उनले केही पनि प्रभावित पार्न नसकेको बताए । पटक–पटक मिडिया सञ्चालकहरूको नाम लिएर लामिछाने उनीहरूप्रति पोखिइरहे । देशमा कानूनी शासन भएको भन्दै उनले कानून सबैलाई बराबर भएको लामिछानेको ठम्याई छ ।