Monday, June 29News That Matters

संसदीय बोर्डमा नबस्ने नेपाल र खनालको घोषणा

पूर्णपुष्टि, चैत ७ 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा नबस्ने बताउनु भएका छन् ।

संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो । जसमा खनाल र नेपाल पनि थिए । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताउनुभयो ।

नेपालले भन्नुभायो, “म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ । हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।”

बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उहाँले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताउनुभएको छ ।