
पूर्णपुष्टि, पुष ६
आईतबारको संसद विघटनको बिरोध गर्दै बिभन्न दलहरु आन्दोलनमा उत्रिने भएको छ । असंबैधानिकपूर्ण तरिकाले संसद विघटन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत अन्य दलहरुले यसप्रति आपत्ति जनाएको छ ।
कांग्रेसले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । त्यस्तै कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने र बाहिर रहेका राजनीतिक दलहरूसँग छलफल गर्न सोमबार सर्वदलीय बैठक बोलाएको छ ।
सत्तारुढ दल नेकपाको असन्तुष्ट पक्षसहित कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा विघटनको विरोधमा एकमत भएका छन् । तीन दलले सरकारको कदमको संयुक्त रूपमा विरोध गर्ने निर्णयसमेत गरेका छन् ।
