Friday, June 26News That Matters

सगरमाथा नमुना विद्यालयको नमुना काम

पूर्णपुष्टि, माघ १६ गते ।

२१ औ वार्षिक उत्सबका साथ सरस्ती पूजा मनाएको उदयपुरको गाईघाट स्थित सगरमाथा मोडेल स्कूलले विद्यालयमा पढेर प्रगति देखाएका विद्यार्थी तथा उत्कृष्ठ शिक्षक, अभिभावकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

विद्यालयले २०७२ सालमा एसइइ पास गरेर एमविविएस्मा सतप्रतिशत छात्राबृत्तिमा नाम निकाल्न सफल एकै घरका दिदीभाइ अस्मिता खतिवडा र शेखर खतिवडालाई सम्मान गरिएको हो । बुवा शैलेन्द्र खतिवडा र आमा गायत्रा दाहालका साथ दिदीभाइलाई कार्यक्रमकी प्रमुख अतिथि त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र प्रधानाध्यापक पुरुषोत्तम सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास पौडेल, सदस्य रमेश आचार्य लगायत विद्यालय परिवारले सम्मान गरेको हो । कदरपत्रका साथ खादा ओढाई उनीहरुलाई सम्मान गरिएको थियो ।

एकैघरका दिदीभाइले एमविविएस जस्तो ठूलो धनरासी लाग्ने चिकित्सा शिक्षामा सतप्रतिशत छात्राबृत्तिमा नाम निकाल्न सफल भएर एक किसिमको किर्तिमान नै कायम गर्नुले विद्यालयलाई गौरब लायक बनाएको प्रअ सापकोटाले बताउनुभयो । सम्मानीत विद्यार्थीहरुले आफुहरुको प्रगतिको सुरुवात विद्यालयबाटै भएको बताउदै भविष्यमा देशको सेवा गर्ने बताए । विद्यालयका शिक्षकहरुले सदैब सहि शिक्षा र मार्गदिर्नेश गर्ने गरेको स्मरण गर्दै आप्mनो मेहनत, लगाव र समयको महत्व बुझाईको कारणले सफलता पाएको सुनाए । अभिभावक खतिवडा दम्पत्तीले विद्यालयप्रति आभार ब्यक्त गर्दै बाचुन्जेल सोही विद्यालयको अभिभावकको रुपमा रहने बताए ।

त्यसैगरी शिक्षक÷शिक्षिकाको तर्फबाट शिक्षिका दिपा पाण्डे नगदसहित पुरस्कृत भइन भने अभिभावकको तर्फबाट दम्पत्ति झनकबहादुर बस्नेत र विमला बस्नेत सम्मानित भए । त्यसैगरी विभिन्न विद्यामा उत्कृष्ठता हाँसिल गर्ने विभिन्न कक्षाका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । नाटक, नृत्य, गीत आदि प्रस्तुत गरे ।

विद्यालयका प्रअ सापकोटाका अनुसार हरेक वालवालिकासंग असिमित क्षमता र सम्भावना हुन्छन् । हरेकको फरक फरक क्षमता र चाहना हुन्छन्, सो कुरालाई बुझेर सहिढंगले शिक्षाको वातावरण बनाउन सकेमात्र विद्यालय, अभिभावक र विद्यार्थीको समुन्नत सपना पुरा हुन्छ । यहि कुरालाई मध्यनजर गर्दै विद्यालयको विधी, प्रविधि र पूर्वाधारमा जोड दिएको, साथै संस्कार, संस्कृति र सिर्जनात्मक गतिविधिहरु गर्दै आएको प्रअ सापकोटाले बताउनुभयो । विद्यालयले खेलकुद, कला, संगीत, साहित्य जस्ता सिर्जनशिल क्षेत्रमा पनि विद्यार्थीलाई अब्बल बनाउन लागी परेको छ ।

विद्यालयलाई साँच्चिकै नमुना बनाउने अठोटका लागि लागि परेको विद्यालयले  पूर्वाधारतर्फ सुविधासम्पन्न भवन निर्माण गर्दै गरेको छ । भवन निर्माणको काम युद्धस्तरमा चलिरहेको विद्यालयका लगानीकर्तासमेत रहेका विब्यास सदस्य आचार्यले बताउनुभयो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि उपमेयर चौधरीले विद्यालयको नाम मात्र नभई कामैले नमुना रहेको बताउनुभयो । आजको समय अनुकुल उचित शिक्षा र वातावरण दिन सकेको कुरामा उच्च मुल्यांकन गरेको बताउनुभयो ।

अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, स्थानीय समाजसेवी, बुद्धिजिवि, पत्रकार लगायतको व्यापक सहभागिताकाबीच बार्षिक उत्सव तथा सरस्वती पूजा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिपकज्योती बस्नेतले गर्नुभएको थियो ।

फाेटाे फिचर :

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथी
सम्मानित दिदिभाइकासंग सामुहिक तस्विर
अभिभावक बुबाअामाका साथ सम्मानित दिदिभाइ
पुरस्कृत शिक्षिकालाइ पुरस्कार प्रदान गरिदै
अभिभावकलाइ पुरस्कृत गरिदै
प्रमुख अतिथि उपमेयर देवी कु चाैधरीलाइ मायाकाे चिनाे प्रदान गरिदै

कार्यक्रममा उपस्थितहरू
जन्मदिनमा चकलेट बाँड्नुकाे सट्टा विरूवामा पानी लगाउदै एक छात्रा । विद्यालयमा सबै विद्यार्थीले यसै गर्छन् ।
कार्यक्रममा मन्तब्य राख्दै प्रधानाध्यापक
कार्यक्रममा मन्तब्य राख्दै कक्षा ७ की विद्यार्थी मनिषा कार्की

तस्विरहरू : सिंह राइ