
पूर्णपष्टि,वैशाख ८ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सडक पेटीकाहरुमा सेकुवा पोल्न रोक लगाएको छ । सडकमा धुवाँ आउनेगरी व्यापार गर्नेहरुलाई नगर प्रहरी मार्फत पुतली सडक, निामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै यस कार्यलाई रोक लगाउन सुरु गरेको हो ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार पुतलीसडक र सिनामंगलमा अरुलाई असर गर्ने गरी सेकुवा पोलेको भेतिएको र अन्य स्थानमा त्यस्तो फेला परेमा बन्द गराँने बताए । उनले भने‘सडकमा धुवा जन्य बस्तुहरु पोल्नुको कारण वायु प्रदूषण भएको, सडक पेटीमा हिँड्ने यात्रुहरुलाई सास्ती भएको भन्दै कल सेन्टर वडाहरुमा पनि गुनासोहरु समेत आउन थालेको बताए ।
महानगरले यही साताबाट सेकुवा पसलहरुलार्य सूचीत गराँउन थालेको र अव त्यस क्षेत्रका सबै स्थानहरुमा यो नियम लागु हुने जनाएको छ । सेकुवा पसलले अरुलाई असर पर्नेगरी धुँवा निकालेमा सुरुमा सचेत गराउँने त्यस पछिको खण्डमा भने कारवाही नै गर्ने तयारी गरेको पाण्डेले बताए ।
