
पूर्णपुष्टि, पुस २३ ।
नेपालकाे सताब्दिपुरुष तथा ईतिहासविद् सत्यमाेहन जाेशीले वरिष्ठ पत्रकार काैशल चेम्जाेङद्वारा लिखित ‘उदयपुरकाे ईतिहास’ पुस्तककाे विमाेचन गर्दै उदयपुरकाे इतिहास नेपालकाे इतिहास हाे भन्नुभएकाे छ । उदयपुरकाे गहन ईतिहास बाेकेकाे पुस्तकमा लामाे अध्यायन, खाेज र संस्लेशन प्रष्ट झल्किएकाले याे नेपालकै ईतिहासमा दर्ज हुने वताउनुभयाे । 
त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पाेखरेलले नेपालकाे ईतिहासमा एउटा अर्काे अध्याय थपिएकाे बताउनु भयाे । उहाँले बरिष्ट पत्रकार चेम्जाेङ अब, ईतिहासकार पनि भएकाे बताउनुभयाे । उहाँले पुस्तककाे समिक्षात्मक टिप्पणी गर्नुभयाे ।
सिंगाे पुस्तककाे समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रिहरुका साथ ईतिहास् प्रस्तुत गरिएकाे बताउनुभयाे । उहाँका अनुसार पुस्तकमा नेपालकाे ईतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जाेडिएकाे प्रमाण पेश गरिएकाे छ । किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिईएकाे छ । पुस्तकले त्रियुगा सभ्याताकाे अहिलेसम्मकै ठाेस, गहन जनाकारी र तथ्य पस्किएकाे छ । ईतिहास अध्यायनका लागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेकाे उहाँले बताउनुभयाे । चेम्जाेङबाट पुस्तककाे अरु अध्ययहरु पनि अाउने देखिएकाे बताउनुभयाे ।
पुस्तकका लागि पत्रकार एवम् ईतिहासकार चेम्जाेङले २२ वर्ष लामाे समय अध्यायनमा लगाउनु भएकाे छ ।त्यस क्रममा उहाँले उदयपुरकाे कुनाकुना, कन्दराहरु चहार्नु भएकाे छ । उहाँले विमाेचनकाे विशेष समाराेहमा बाेल्दै अाफु बुबाले दिनु भएकाे पुरानाे एतिहासिक सिक्काबाट प्रेरित भई यतातर्फ लागेकाे बताउनुभयाे । उहाँले सदा ईतिहासकाे विद्यार्थिकाे रुपमा गहन अध्यायन र खाेजका साथ अगाडि बढ्ने बताउनुभयाे ।
उहाँकाे पुस्तक काठमाडाैंमा र उदयपुरकाे पुस्तक पसलहरुमा पाईनेछ ।

