सत्ता हातमा लिएका म्यानमारका सैनिक प्रमुखको पहिलो विदेश भ्रमण

बैशाख ११

सैन्य ‘कू’ गरेर सत्ता हातमा लिएपछि म्यानमारका सैनिक प्रमुख पहिलोपटक विदेश भ्रमणमा गएको छ ।

सैनिक प्रमुख जनरल मिन आङ लाइङ शनिबार इन्डोनेशियाको राजधानी जकार्ता गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएका सैनिक प्रमुखले अन्तर्राष्ट्रिय नेताहरुसँग पहिलो पटक भेटवार्ता गर्न लागेको हो ।

इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरुको एसोसिएशन आसियनको सम्मेलन हुँदैछ । म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरु सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ ।

सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म सात सय भन्दा धेरैको ज्यान गएको छ भने हजारौं पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0