Thursday, May 28News That Matters

सनसिटीका २ सय ९८ जनाको रिपोर्ट ‘नेगेटिभ’

पूर्णपुष्टि, बैशाख ३ गते ।

काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टका २ सय ९८ जनाको ¥यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । ¥यापिड टेष्ट किट आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ सय ९८ जनाको परीक्षण गरेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । मंगलबार सोही अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएपछि अन्यको पनि परीक्षण गरिएको थियो ।

ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको  थियो । तर एक जनाको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

विरामीको अनुमति विना पहिचान सार्वजनिक नगर्न मन्त्रालयले आग्रह गरेको छ ।