Wednesday, May 6News That Matters

सन्ट लुसियासँग नेपलाको कुटनीतिक सम्बन्ध कायम

भदौ ११ गते ।

सानो देश सन्ट लुसियासँग नेपालले द्विपक्षीय कुटनीति सम्बन्ध कायम गरेको छ । भूगोलको आधारमा विश्वकै अठारौँ सानो देश लुसियासँग कुटनीति सम्बन्ध कायम भएको हो ।

लुसियासँग नेपालले कुटनीति कायम गरेपछि कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १ सय ६५ पुगेको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध आरम्भ गरेका हुन् ।

बुधबार विहान संयुक्त राष्ट्रसंघमा भएको उक्त हस्ताक्षर समारोहपछि दुवै देशले राष्ट्रसंघ महासचिव एन्टोनिओ गुटेरसलाई आपसी कुटनीतिक सम्बन्ध स्थापित भएको जानकारी गराएका थिए ।

आफ्नै देशका नागरिक सो सरहमा सम्बन्ध बिस्तार गर्ने तथा आपसी सहयोगका क्षेत्रबारे छलफल गर्ने नेपाली नियोगले जनाएको छ । पूर्वी क्यारेबियन समुद्री तटमा रहेको यो सानो देशको जनसंख्या करीव १ लाख ७० हजार छ । यसको क्षेत्रफल ६ सय १७ वर्ग किलोमिटर छ ।

मुख्य आयस्रोत पर्यटन रहेको सन्ट लुसियाका कुल गार्हस्थ उत्पादनको ६५ प्रतिशतमा योगदान दिएको छ । पर्यटकहरु विशेष ज्वालामुखीबाट बनेका भूबनौट हेर्नका लागि आउने गर्दछ ।

केरा, गार्मेन्ट, नरिवललगायतका उत्पादनहरु वस्तु निर्यात गर्दछ भने सन् १९७९ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो ।