
पूर्णपुष्टि, फागुन १८ गते ।
राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति प्रथम सभामा सहभागी हुनुभएको प्रचण्ड माथी आइतबार दिउँसो जुत्ता प्रहार भएको हो ।
राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सहभागी हुनुभएका प्रचण्ड माथि जुत्ता प्रहार भएको थियो । तर प्रहार गरेको जुत्ता प्रचण्डलाई भने लागेको थिएन । सभामा सम्बोधन गरेर आसनमा फर्कने क्रममा जुत्ता प्रहार गरिएको प्रहरीले जनाएको हो ।
प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्ला सिञ्जाका रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
