Tuesday, April 21News That Matters

समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले राजीनामा दिने महेश बस्नेतको घोषणा

एमालेका नेता महेश बस्नेतले आज बसेको संसदको बैठकमा समर्थन फिर्ता लिए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन्। बस्नेतले प्रचण्ड र माधव नेपाल समूहमाथि ठुलो आरोप समेत लगाएका छन् ।

प्रचण्डले सरकारलाई समर्थन फिर्ता लिन नसकेको र ओलीको राजीनामा भने मागिरहेको भन्दै बस्नेतले सकिन्छ भने समर्थन फिर्ता लिएर देखाउन आग्रह गरे

उनले माधव नेपाल समूहले पनि पार्टीको निर्णय विपरित उभिएर ओलीको राजीनामा मागेर ठुलो गल्ति गरेको आरोप लगाए। नयाँ सरकार गठन गर्नको लागि जसपा पनि अघि सर्न नसकेको र कांग्रेस अगाडी बढेपनि माओवादी केन्द्रले समर्थन फिर्ता गर्न नसकेको आरोप लगाए।