
उदयपुर, माघ १९ गते ।
समाजबादी पार्टीले दुई दिने प्रादेशीक प्रशिक्षण कार्यक्रम उदयपुरमा सुरु भएको छ । १ न. प्रदेश समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम गाईघाटमा आईतबारदेखि सुरु भएको हो ।
“सङ्घियता सुशासन समृद्ध समाजबाद” भन्ने मुल नाराको साथ १ नं प्रदेशको प्रादेशीक प्रशिक्षण कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाबाट जिल्ला संयोजक लगायतका अन्य पदाधीकारीहरु सहभागीता रहेको आयोजक समितिले जनाएको छ ।
प्रादेशीक प्रशिक्षण कार्यक्रमबाट प्रत्येक जिल्लाहुदै टोलटोलसम्म पु¥याउने लक्ष्य रहेको समितिले जनाएको छ । यस अभियानले पार्टी कमिीट पूनर गठन गर्ने, पार्टी समायोजनको कामलाई सम्पन्न गर्ने, जनवर्गीय संगठनहरुको समायोजन गर्ने, योग्यलाई पाटी सदस्यता दिने, क्रियाशिललाई सदस्यता नविकरण गर्ने लगायतका काम गर्ने समितिले जनाएको छ ।
कार्यक्रमा संघिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोककुमार राई, सह–उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, पर्शुराम खापुङ, युवराज कार्की, महासचिव रणध्वज कन्दङ्वा र अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
