Saturday, June 27News That Matters

सर्दु खोलाले बगाएर १ जनाको मृत्यु

सुनसरी, असार २८

सुनसरीको सर्दु खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । धरान–१३ स्थित सर्दु खोला तर्ने क्रममा ५५ बर्षीय रामबहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो ।

हिजो दिउसो करिब पौने ४ बजे खोलाले बगाएर बेपत्ता भएका बस्नेतलाई खोजी गर्ने क्रममा आज बिहान ८ बजे करिब ५ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।