Friday, August 7News That Matters

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध मुद्धा

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको सर्वोच्च अदालतमा मुद्दा सुनुवाइका लागि आज पेशी तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दामा आज शुक्रबार पेशी तोकिएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको सो मुद्दा अन्तिममा रहेकाले सुनुवाई हुने कम सम्भावना रहेको छ । प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै गत माघ १३ गते अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगयतले अवहेलना मुद्दा दायर गरेका थिए ।