Friday, June 19News That Matters

सवारी दुर्घटनामा उदयपुरे बाबुछोराको मृत्यु

पूर्णपुष्टि, चैत ९ गते । 

काभ्रेको बनेपामा टमोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा उदयपुरका बाबुछोराको मृत्यु भएको छ ।

विहान बनेपा नगरपालिका–१३  मा भएको दुर्घटनामा रौतामाई गाउँपालिका–४ निबासी ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनको ५ वर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा घाइते भएकी श्रेष्ठकी श्रीमती सुनिताको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बा ५७ प ८२८ नम्बरको मोटरसाइकल र बा ५ ख २३९० नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो ।  ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका–७ निबासी ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ट्रकधनी ललितपुर हात्तीवनका गङ्गा तिमल्सिनालाई प्रहरीको नियन्त्रणमा रहेको ईप्रकाले जनाएको छ ।