
पूर्णपुष्टि,चैत २९
झापा बिर्तामोड नगरपालिका–६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज विहान ७ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मोटरसाईकल चालक अर्जुनधारा–५ बैसाबारी का ३८ वर्षीय रामकान्त चौधरीको ज्यान गएको हो ।
पुर्व तर्फ जादै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाईकल अनियन्त्रित भई विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिदा चौधरी गम्भिर घाईते भएका थिए ।
घाईते चौधरीलाई उपचारको लागी बिएन्सी अस्पताल बिर्तामोड पुर्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक, ट्रक चालक ईलाम देउमाई–६ रक्सेका ४२ वर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी–४ का ३० वर्षीय खड्क बहादुर भुजेल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
