
पुर्णपुष्टि, फागुन १६
पृथ्वीराजमार्गमार्गअन्तर्गत तनहुको व्यास नगरपालिका–२ बुल्दि पुल नजिक गतराति मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार एक पुरुषको मृत्यु भएको छ भने एक महिला घाईते भएका छन् ।
दुर्घटनामा व्यास मालेबगर निबासी २२ बर्षीय विवेक थापामगरको मृत्यु भएको हो भने स्थानीय २० वषीया रजनि गुरुङ घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार साझँदेखी पानी परेकोले सडक चिप्लो भएको कारण दुर्घना भएको प्रारम्भिक अनुमान गरिएको छ । दमैलीबाट घाँसीकुवातिर जाँदै गरेको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । विवेकको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
