
उदयपुर, असोज २९ गते ।
उदयपुरको कालि खोलामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । त्रियुगा नगरपालिका–७ को कालि खोलामा मंगलबार बेलुकी मोटरसाईकल दुर्घटना हुदा दिपेन्द्र राना मगरको मृत्यु भएको हो भने पछाडी सवार शुशिल थापा घाईते भएका हुन् ।
मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ५ प ९५३९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बेलुकी ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका त्रिनपा–५ देउरी निबासी २५ वर्षीय मगरको विराटनगरको न्यूरो अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाईकलमा पछाडी सवार २२ वर्षीय थापाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
