
उदयपुर, माघ १० गते ।
उदयपुरमा बालबहाक ट्रक दुर्घटना भएको छ । त्रियुगा नगरपालिका–६ लालपत्तामा ब्रेक फेल भई ट्रक दुर्घटना भएको हो ।
विराटनगरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ख ३१०१ नम्बरको ट्रक ब्रेक फेल भएर करिब दिउँसो १२ बजे सडकमा पल्टिएको थियो । एक सय १७ बोरा चामल लिएर आउँदै गरेको ट्रक दुर्घटनामा चालक र सहचालक सुरिक्षत रहेको छ भने करिब दुई लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
