Sunday, May 10News That Matters

सशस्त्र प्रहरीद्धारा ठूलो परिणाममा लागु औषध बरामद

उदयपुर, मंसिर २५ गते । 

बेलकाको मकुन्दे खोला र सप्तकोशीको दोभानबाट ठूलो परिणाममा लागु औषध सशस्त्र प्रहरीले बरामद गरेको छ । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा बरामद गरेको हो ।

सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज सोसार पसार हुदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प  रामपुरबाट खेटेका प्रहरी टोलीले मंगलबार दिउँसो १ः१० बजे गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

सेतो प्लाष्टिक भित्र कुनै गन्ध नआउने गरी प्याक गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त गाँजा ओसार पासारमा संलग्न व्यक्तिहरु प्रहरीलाई देखेपछि गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

फरार व्यक्तिहरुलाई खोजतलास भईरहेको छ भने बरामद गरिएको गाँजा कानुनी प्रक्रिया पुरा गरी ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको प्रहरीले जनाएको छ ।