Thursday, May 21News That Matters

सांसद थापाद्धारा सुविधा सम्पन्न भवनको शिलान्यास

उदयपुर, माघ १६ गते । 

१ नं प्रदेश सांसद अम्विका थापाले प्याराडाईज बोर्डिङ स्कुलको सुविधा सम्पन्न भवनको शिलान्यास गर्नुभएको छ । त्रियुगा नगरपालिका–११ को प्याराडाईज बोर्डिङ स्कूलको बन्न लागेको सुविधा सम्पन्न भवनको सरस्वती पुजाको अवसरमा विहिबार सांसद थापाले शिलान्यास गर्नुभएको हो ।

स्कुल स्थापना भएको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा निर्माण गर्न लागेको सुविधा सम्पन्न भवनको पुजा तथा विशेष समारोहको अवसर पारेर शिलान्यास गरेको विद्यालयले जनाएको छ । सरस्वती पुजा र भवनको शिलान्यासपछि सास्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नाटक, गित, नृत्यु लगायतका प्रतिभाहरु प्रस्तुत गरिएको थियो । विभिन्न विधामा सर्वोउत्कृष्ठ भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृति गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको सभाध्यक्ष संचालक समितिका अध्यक्ष प्रकाशकुमार बस्नेत, प्रमुख अतिथि १ न. प्रदेश सांसद अम्बिका थापा, विशिष्ट अतिथि जिल्ला समन्वयन समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, विशेष अतिथि त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराई, शिक्षा विकास तथा समन्वयन ईकाई प्रशासन शाखा प्रमुख हरी श्रेष्ठ, नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्ष भरत खड्का, नागरिक अभियान्ता भरत खड्का, अतिथि नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष भोटराज राई र अन्य अतिथिहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।