
पूर्णपुष्टि, फागन २३
उदयपुरमा भएको साईकल रेस प्रतियोगीताको उपाधी लक्ष्मि र रुवेनले हात पारेका छन् । ‘प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७’ को साईकल रेस प्रतियोगीतामा महिला तर्फ लक्ष्मि मगर र पुरुष तर्फ रुवेन राईले उपाधी हात पारेका हुन् ।
“खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने मुल नाराको साथ त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा सम्बन्धित प्रतियोगीताका संघको समन्वय तथा सहयोग र त्रियुगा नगरपालिकाको संयोजनमा महोत्सवको आयोजना गरिएको छ ।
त्रिनपा–११ चप्पन जंगल ट्रयाकमा भएको साईकल रेसमा महिला तर्फ जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भएकी छिन् । त्यस्तै पुरुष तर्फ केशव थापा दोस्रो र अवतार राई तेस्रो भएको आयोजकले जनाएको छ ।
नगरभित्र रहेको १६ वटै वडाबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले यहि फागुन २१ गतेदेखि २९ गतेसम्म प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

