Tuesday, July 7News That Matters

साउनेमा हुर्रा नाच मांघेसंकराटी महोत्सव धुमधाम (फोटो सहित)

पूर्णपुष्टि,माघ २ । आदिवासी जनजाति मगर समुदायहरुको विषेश चाँडको रुपमा मनाउँदै आएको माघे मांघेसंकराटीको अवसरमा हुर्रा नाचेर माघी धुमधाम साथ मनाएको छ । आईतवार त्रियुगा नगरपालिका १४, साउने स्थित नयाँ बाजरमा एक औपचारीक कर्यक्रमको आयोजग गर्दै वडा बासीहरुले माध्यासकराटीको अवसरमा हुर्रा नाचेर माघे संक्रान्ति भव्यताको साथ मनाएको हो ।

महोत्सवमा त्रियुगा नगरपालिका १४, लगाएत वडा भित्रका बिभिन्न ८ वडा टोल बिकास संस्थाहरुको बाक्लो उपस्थितिमा हुर्रा महोत्सव सफल भएको कार्यक्रमको प्रमुख अतिथि तथा वडा अध्यक्ष हेमराज मगरले बताए । उनेले मगर समुदायको आफ्नै मौलिकता झल्काउने भेष, भुषा, संस्कार संस्कृति सहित महोत्सवलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने संसस्था तथा वडा वासीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

माध्यासकराटी तथा हुर्रा महोत्सवमा धापखर्क टोल बिकास संस्था, महादेवी टोल बिकस संस्था सिहिरेटी, भगवती टोल बिकास संस्था पुमाङ, दियाले टोल बिकास संस्थ दियाले, लाङधाली टोल बिकास संस्था साउने, बरझयाङ टोल बिकास संस्था चोक, लालीगुरास टोल बिकास संस्था टोड्के र सरस्वती बाल समूह टोड्केको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि सम्पुर्ण ८ वटै टोल बिकस संस्थाका कलाकारहरुलाई वडाले सम्मान स्वरुप प्रत्यक टोल बिकास संस्थाहरुलाई पन्द्र सयको दरले सम्मापन गरेको थियो । आफ्नो मौलिक परपरालाई जगेण गर्ने उदेश्यले नेपालका बिभिन्न जिल्लाहरुमा मगर समुदायहरुले माघ १ लाई माध्यासकराटीको रुपमा मनाउँदै आएको छ ।