Wednesday, July 1News That Matters

सामाजिक दुरी कायमगरी तरकारी बजार खोल्ने निर्णय

गाईघाट/बैशाख, २४

गाईघाटको सगरमाथा तरकारी बजार सामाजीक दुरी कायम राखि पर्सि शुक्रबारबाट खोलीने जनाएको छ । स्थानीय सरकार, व्यापारी, सगरमाथा तरकारी बजार समिति, उद्योग बाणिज्य संघ, प्रशासंन, सुरक्षाकर्मी लगाएतको छलफलमा यस्तो निर्णय गरेको हो ।

अत्यावश्यक रुपमा रहेको तरकारी बजारलाई व्यवस्थीतका साथ संञ्चालन गर्ने निर्णय सँगै यसको व्यवस्थापन भोली गरिने र पर्सिबाट बजारमा तरकारी किनबेच सुरु गरीने त्रियुगा नगरपालिकाले जनाएको छ ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको तरकारी बजार व्यवस्थित गरी संञ्चालनमा ल्याइने नगरले जनाएको छ । भिँडभाँड र सामाजिक दुरीको पालना नभएपछि सम्बन्धित निकायबाट बजार संञ्चालनमा रोक लगाइएको थियो ।