Monday, April 20News That Matters

सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा १ जना पक्राउ

ईलाम,  वैशाख ७ गते

सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा एक जना पक्राउ परेको छ । ईलाम फाकफोकथुम गाउँपालिका–७ निबासी २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई शनिवार बिहान सवा ८ बजे पक्राउ गरिएको हो ।

लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना संक्रमण भेटियो भनि तथ्यहिन र  भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।