Monday, June 22News That Matters

सिटी सफारी दुर्घटनामा बालिकाको ज्यान गयो

पूर्णपुष्टि,वैशाख २८

मोरङमा सिटी सफारी दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । सुन्दरहरैचा नगरपालिका–५ तीनपैनी स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार सोही स्थान बस्ने ५ वर्षीया बालिका रबिना खड्को ज्यान गएको हो ।

आज बिहान साढे ९ बजे को १ ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा रुद्र खड्काको छोरी रबिना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाईते बालिकाको धरान घोपामा उपचारको क्रममा दिउसो ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ  । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।