
पूर्णपुष्टि, साउन १
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरोमा परि बेपत्ता भएका एकै परिवारका ५ जनामध्ये २ जनाको शव फेला परेको छ । आमा निमा स्याङ्बु शेर्पा र छोरी याङ्जी शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पहिरोमा हराइरहेका छिरिङ्वागु शेर्पा, सुमबुट्टी शेर्पा र सेमङ शेर्पा अझै फेला परेको छैन । बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी भइरहेको जनाईएको छ ।
पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको थियो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ ।
