
बैशाख ३
सर्वोच्च अदालतका लागी सिफारिस गरिएका दुई न्याधीशलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
समितिले डाक्टर कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले शुक्रवार नै सुनुवाइ गरेको थियो ।
यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।
