Thursday, June 18News That Matters

सिभिल मलमा युवकले लगाए आफ्नै शरिरमा आगो

पूर्णपुष्टि, माघ ५ गते । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा २९ बर्षीय विशाल लामिछाने गुरुङले आफ्नै शरिरमा पेट्रोल छर्की आगो लगाएको छ । सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै शरिरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ । घटना के कारणले भयो भन्ने खुलेको छैन । घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।