Saturday, June 20News That Matters

सिराहामा कटुवामा पेस्तोलसहित १ जना पक्राउ

पूर्णपुष्टि, असार २८

सिराहामा कटुवा पेस्तोलसहित आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोलबजार नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित औरही गाउँपालिका– २ का सुजित कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार उनको साथबाट कटुवा पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली पनि बरामद भएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।