Friday, May 22News That Matters

सीमामा सशस्त्रको बाक्लो उपस्थिति

पूर्णपुष्टि, असार १५

उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लगेको छ ।

पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बीओपी) स्थापना भइसकेका छ ।

गत मङ्सिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभर कूल १ सय ३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ ।

अहिले चीनतर्फका नाका हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको लोमान्थाङ्मा बिओपी स्थापना भइसकेको छ । दार्चुलाको छाङरुमा समेत बिओपी स्थापना गरिसकेको छ । २०७५ मा ८६ स्थानमा सीमा सुरक्षा चौकी थियो । त्यसपछि अहिलेसम्म ४६ स्थानमा चौकी स्थापना भइसकेका छन् ।

सरकारले गत वर्षको मङ्सिर २३ गते थप १ सय १४ चौकी स्थापना गर्ने निर्णय गरेपछि दक्षिणतर्फ २१ र उत्तरतर्फको सीमा क्षेत्रमा ४ गरी २५ वटा बिओपी थपिसकिएको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म दक्षिणतर्फ १ सय २८ र उत्तरतर्फ ४ बीओपी स्थापना भएका छन् ।

सरकारले पहिलो चरणमा २ सय २१ चौकी स्थापना गर्ने योजनाका साथ काम तीव्र पारेको छ । सरकारले सीमा क्षेत्रमा ५ सय बीओपी बनाउने योजना अघि बढाइएको छ । त्यसअनुसार पहिलो चरणमा २ सय २१ स्थानमा चौकी स्थापना गर्नेक्रम अन्तर्गत अझै ८९ स्थानमा चौकी स्थापना गर्न ुपर्ने आवश्यक छ ।

चौकी स्थापनाका लागि सशस्त्र प्रहरीले गृह मन्त्रालयमा कार्ययोजना समेत पेश गरिसकेको छ । कार्य योजनाअनुसार चौकी स्थापना गर्न ९ हजार सशस्त्र प्रहरी आवश्यक हुने जनाइएको छ ।