
पूर्णपुष्टि, कात्तिक २२ ।
रौतामाई ब्याड्मिन्टन क्लवको आयोजनामा सुकौरामा ब्याड्मिन्टन प्रतियोगिता आजदेखि सञ्चालन भएको छ । रौतामाई गाउँपालिकाको सहयोग रहेको अन्तर नगरपालिका तथा गाउँँपालिका व्याड्मिन्टन् (बी डिभिजन) भोलीसम्म सञ्चालन हुनेछ ।
नकआउट प्रणालीमा मेन्स डबल्स खेल भईरहेको छ । खेलको पहिलो दिन आज पहिलो र दोस्रो चरण हुदै सेमी फाईनलसम्मका खेलहरु भएको आयोजकले जनाएको छ । भोली सेमीफाईनल र फाईनलका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा सुकौरा, मुर्कुची, गाईघाट, जलजले, देउरी, राजाबास लगायतका खेलाडीहरुको सहभागिता रहेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सन्चालित प्रतियोगितामाका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडी जोडीलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पछिल्लो समय बढ्दो ब्याड्मिन्टनको क्रेज र नयाँ तथा प्रतिभा भएका नयाँ खेलाडीहरुलाई खेलको अवसर दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सौहाद्रपूर्ण ढंगले सञ्चालन भईरहेको आयोजक क्लवका अध्यक्ष उद्धव राउतले बताउनुभयो ।
