
पूर्णपुष्टि, भदौ २३
आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

