Sunday, June 7News That Matters

सुनको भाउ घट्यो

माघ २२ गते । 

आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । बुधबार सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासंघले जनाएको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।