
पूर्णपुष्टि, कात्तिक २८
आज सुनको भाउ बढेको छ ।
सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
