
पूर्णपुष्टि, असोज १४
आज सुनको भाउ बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको महासंघले जनाएको छ ।

