
पूर्णपुष्टि, मंसिर २३
सनुको भाउ तोलाको १५ सयले बढेको छ । लगतार ओरालो लागेको सुनको भाउ फेरी बढेको हो ।
सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको छ ।
