
काठमाडौं । समानुपातिक सांसद जानकी देवी रामले आइतबार शपथ लिएकी छन् । । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् ।
जानकी देवी राम समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएकी हुन् । सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा जानकीदेवी सांसद बनेकी हुन् । गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको थियो ।
