Wednesday, June 17News That Matters

सुन तोलाको साढे ३ हजार रुपैयाँले घट्यो

पूर्णपुष्टि, कात्तिक २५ 

आज सुनको भाउ तोलामा साढे ३ हजार रुपैयाँले घटेको छ ।
तोलामा सुन ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन  ९८ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।