Tuesday, June 23News That Matters

सुरक्षा मादण्ड सहित भोली देखि गाईघाट बाट चल्ने सबै ठाउँमा यातायात संञ्चालन गरिने

पूणर्पुष्टि, असोज ४

भोली असोज ५ देखी लामो तथा छोटो दुरीका सबै यातायात चल्ने भएको छ । केन्द्र सरकारले १ गते बाट सुरु गर्ने भनिएको यातायात प्रदेशले आसोज ५ बाट मात्र सेवाको लागि व्यवसायीलाई अनुरोध गरेका थिए ।

सोहि अनुरुप १ नं प्रदेशका १४ औटै जिल्लाहरु र देशका बिभिन्न ठाउँमा गाईघाट बाट चल्ने सबै किसिमको सार्वजानिक यातायात सेवा सुरु हुने भएको छ ।

लामो समयदेखि बन्द रहेको सार्वजानिक यातायात पहिले जसरी सुरु हुने भएको हो । सुरक्षा मापदलण्डलाई अपनाएर सवारी यातायात संञ्चालन गरिने उदयपुर हिमाली यातायात व्यवसायी समितिले जनाएको छ ।

चैत्र ११ बाट बन्द सवारी करिब ६ महिनापछि खुलेको छ । लामो समय सम्म बन्द भएको सवारी खुल्ने भएपछि यातायात व्यवसायी र मजदुरहरुमा खुसी छाएको छ । ६ महिना सम्म आफ्नो रोजगार गुमाएर बस्नु पर्ने समस्या अब हल हुने भन्दै उनिहरुमा खुसि छाएको चालक रुस्तम कुमार चौधरीले बताउनुभयो  ।

कोरोना भाईरसको नियन्त्रणमा सबै भन्दा बढि सवारी यातायातहरु सतर्कता हुनु पर्ने भन्दै सार्वजानिक यातायातलाई ठप्प पारिएको थियो ।

भोली बाट गाईघाट देखि छुट्ने सबै ठाउँको सवारी संञ्चालन गरिने व्यवसायी संघका प्रतिनिधि परमेश्वर घिमिरेले बताउनुभयो । सबै सुरक्षाको मापदण्डलाई अपनाएर यातायात संञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

पहिलेको भन्दा फरक तरिकाले यात्रुहरुलाई सेवा दिने उहाँले बताउनु भएकोे छ । सामाजिक दुरी, मास्कको प्रयोग, सेनिटाईजर, निश्चित ठाउँमा यात्रु चढाउने झार्ने, बस चढ्नु अगाडी नै भारा लेनदेन बाटोमा भारा नउठाउने, मजदुर चालक तथा व्यवसायीहरुको सावधानीको पालना र १७ जना भन्दा बढी मानिस नबोक्ने गरी यातायात सेवा सुरु हुने घिमिरेले बताउनुभयो ।

उहाँले यात्रुहरुको चापलाई मध्यनजर गर्दै सवारीहरु कतिओटा चलाउने भन्ने विषयमा यात्रुको चापले नै निर्धारण गर्ने बताउनुभएको छ । काठमाण्डौ चल्ने करिब २२/२३ ओटा बस मध्य यात्रुहरुको चाप अनुसार ७ देखि ८ ओटा सम्म गाडी चलाउने बताउनुभयो । त्यस्तै पूर्व चल्ले करिब ३० ओटा बसहरु मध्य यात्रुको क्षमताको आधारले हाल १० देखी १२ ओटा सम्म मात्र संञ्चालन गरिने संघले जनाएको छ ।

उता पहाड चल्ने गाडीहरु पनि ५ देखि ७ ओटा सम्म मात्र चलाईने संघले जनाएको छ । हाल पाहाडका लागि  रौता सल्ले, भुट्टार, रसुवा फोक्सीन्टार लगाएत स्थानमा भने यी ७ ओटा गाडीहरुलाई संञ्चालन गर्ने संको भनाई छ । भोली देखि संञ्चालन गरिने सार्वजानिक यातायातमा सेवालाई स्वास्थ्य मापदण्डका साथ सुरु गर्ने भन्दै गाईघाटमा आज स्वास्थ्य सामाग्रि चालकहरुलई वितरण गरिएको छ । कोभिड नियन्त्रणका अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यलयका साहयाक सिडियो सशि कुमार लम्मसालले स्वासथ्य सामाग्री चालकहरुलाई प्रदान गर्नुभयो । यात्रामा यात्रु र चालक विचको सम्बन्ध, सुरक्षाको साधनको प्रयोग बारे शुक्रबार हिमाली यातायात व्यवसायी संघले सामाग्री वितरण सँगै सुरक्षित यात्रा र यसलाई अपनाउने सुरक्षाको मादण्डलाई चेतना फैलाउने बिभिन्न होर्डिङ बोर्ड, स्टिकर, पम्पप्लेट लगाएतका सामाग्रिहरु समेत गाडीमा राख्ने काम गरिएको छ ।

हिमाली यातायात व्यवसायी संघका संस्थापक अध्यक्ष प्रेम कुमार राईले कोरोना भाईरस सँग सुरक्षित भएर यातायात संञ्चालन गर्ने बताउनुभयो । उहाँले भाईरस नियन्त्रण भईसक्दा सम्म धेरै मजदुरहरु मारमा पर्ने र यात्रुले सेवा नपाउने भन्दै यसलाई सुरक्षाको मापदण्ड तयार गरी सेवा संञ्चालन गर्ने बताउनुभयो ।

साहायक सिडियो शसि लम्सालले सुरक्षाको मापदण्ड विपरित कुनै पनि यातायात सेवा संञ्चालन नर्ग आग्रह गर्नुभएको छ । उहाँले हालै तयार भएको स्वास्थ्य मापदण्डलाई पूणर् पालना गरी सेवामा खट्न आग्रह गर्नुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम बहादुर दाहालले स्वास्थ्य मापदण्ड पुलिसको अगाडी देखावटीको रुपमा मात्र प्रयोग र लागु गर्न नपाईने बताउनुभयो । उहाँले हर समय यसलाई निरन्तरता दिदै यात्रुहरुको सेवामा लाग्न आग्रह गर्नुभयो ।

सार्वजानिक यातायातमा अन्य यातायात भन्दा बढि सचेत हुनु पर्ने भन्दै मापदण्ड विपरित यात्रा गर्ने र गराउने सबैलाई कार्र्वाही गर्ने बताउनुभयो । मानव अधिकारकर्मि भरत खड्काले सार्वजानिक यातायातमा नागरिकहरुलाई कुनै पनि अप्ठ्यारा हुने काम नगर्न अनुरोध गर्नुभएको छ । यात्रुहरुले पनि मानवताको सिष्टतामा चल्नु पर्ने र सोही अनुसारको व्यवहारमा चालक र व्यवसयाहीहरुले काम गर्नु पर्ने उहाँले बताउनुभयो । उहाँले यातायातमा ५० प्रतिश बढाईएको भाडा बृद्धिदरमा नागरिकहरु सहमत भएको बताउँदै सो भन्दा बढी आफुखुसीले भारा लिने काम कुनै पनि यातायातहरुलाई नगर्न आग्रह गर्नुभयो ।

जिल्ला ट्राफिक कार्यलय उदयपुरले ट्राफिक नियमको पालनामा ध्यान दिन आग्रह गरेका छन् । ट्राफिक इन्चार्ज होम प्रसाद खनालले लामो समयपछि खुलेको सार्वजानिक यातायातमा लापर्वाही गरेको पाएमा कडा कार्वाही हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य मापदण्ड विना सवारी चलाको पाएमा मापदण्डमा ल्याइ काडा कार्वाही गर्ने बताउनुभयो ।

फोटो फिचर

 

सवारीमा यात्रु र चालकहरुले अपनाउनु पर्ने स्वास्थय मापदण्ड