
कात्तिक १९ गते ।
बझाङको बुंगलमा निर्माणाधिन कालंग हाईड्रो प्रालिको सुरुङ भित्र फसेका मदुरको उद्धारमा समस्या भएको छ । बुंगल नगरपालिकामा निर्माणाधिन सुरूङ भित्र आईतबार फसेका चार जनामध्ये एक जना मजदुरको उद्धारमा समस्या आएको हो ।
आइतबार दिउँसो सुरुङ भित्र काम गर्न पसेका मजदुर नफर्किएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटेका सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र फसेका तीन जना मजदुरको शव सोमबार साँझ करिब ७ बजे निकालेको थियो ।
सुरुङ भित्र दैलेखको गुराँस गाउँपालिका–३ निबासी ३२ वर्षीय महेन्द्र शाही, कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका–६ निबासी २८ वर्षीय महेन्द्र साउदको शव फेला परी उद्धार गरिएको प्रहरीले जनाएको छ । बझाङको बुंगल नगरपालिका–१ निबासी ३५ वर्षीय शेरसिंह धामी अझै बेपत्ता रहेकोले उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
