Sunday, June 28News That Matters

सुरुङ मार्गमा पर्ने गुठी जग्गाको मोहीले पनि मुआब्जा पाउने

पूर्णपुष्टि, असार ५ गते ।

कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्र भित्र पर्ने जग्गा अधिग्रहण गर्दा सरकाररले सरकारी गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ ।

आयोजना क्षेत्रमा रहेको श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरुलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

जग्गाधनीहरुले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन मात्र गरेकाले क्षतिपूर्ति स्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको उहाँले बताउनुभयो ।

जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत÷नापी कार्यालयमा रहेको श्रेस्ता फिल्डबुकमा जनाउ रहेको आधारमा मोहीलाई क्षतिपूर्ति रकम दिने सरकारले निर्णय गरेको हो ।