
पूर्णपुष्टि, चैत १२ ।
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालले सूचनाको हकका अभियानताहरुलाई कोरोना भाइरसको सक्रमणबाट बचेर अभियानमा संलग्न हुन र सर्बसाधारणको सुरक्षाका लागि पहल गर्न आव्हान गरेको छ ।
भिडभाडबाट टाढै रहेर विभिन्न सञ्चारका माध्यमहरुबाट सूचना संकलन र सम्प्रेक्षण गर्न सकिने भन्दै सर्बसाधारणको सूचनाको हकका लागि काम गर्न आव्हान गरेको छ । सरकारले सतर्कताका निम्ति जारी गरेको सूचना तथा सन्देशहरुलाई सही र प्रभावकारी ढंगले प्रवाहमा भूमिका खेल्न सकिने भन्दै सुरक्षितरुपमा आप्mना भूमिका निर्वाह गर्न अपिल गरिएको छ ।
संयोजक उम्मीद वाग्चन र सदस्यसचिव अजयकुमार साहद्वारा हस्ताक्षरित अपिलपत्रमा आजसम्ममा विश्वभरमा करिब १४ हजार ६ सय ५२ जनाको ज्यान गएको र करिब ३ लाख ३५ हजार प्रभावित भएको जनाइएको छ । करिब १ लाख २ हजारले उपचारबाट स्वस्थ्य लाभ भई फर्केको विश्व स्वस्थ्य संगठनको प्रतिवेदनलाई उद्धृत गर्दै जनाइएको छ ।
भोलीका दिनमा के कस्तो अवस्था आउछ भन्ने कुनै आकलन गर्न नसकिने अवस्था रहेकाले विशेष सचेत हुन सबैलाई अपिल गरिएको छ ।
