
पूर्णपुष्टि, चैत २०
म्यानमारमा सेनाले चलाएको गोली लागेर ४३ जना भन्दा धेरै बालबालीकाको मृत्यु भएको छ । सेनाल सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले मृत्यु भईसकेको ’सेभ द चिल्ड्रेन’ले जनाएका छन् ।
फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । ’सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको ’सेभ द चिल्ड्रेन’ले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
त्यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको जनाईएको छ । १३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ’सेभ द चिल्ड्रेन’ले जनाएको छ ।
नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शनहरु भइरहेका छन् ।
