
पूर्णपुष्टि, असोज १०
युक्रेनमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा करिब २२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको जनाईएको छ । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको उद्धार गरिएको जनाईएको छ ।
अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुली नसकेको जनाईएको छ ।
