
सोलुखुम्बु, साउन २८ गते ।
सोलुखुम्बुको माप्येदुधकोशीमा शुक्रकुमार राई मृत अवस्थामा फेला परेको छ । महाकुलुङ गाउँपालिका – १ बुङ निबासी २० वर्षीय राई माप्येदुधकोशीमा मृत अवस्थामा फेला परेको हो ।
गत २६ गते घरबाट नाम्चेमा ट्रकिङको काम गर्ने भनि हिडेका राई बुङबाट नाम्चे जाने क्रममा माप्येदुधकोशी गाउँपालिका – ७ को जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
