
पूर्णपुष्टि, फागुन १७
सोलुखुम्बुमा रहेको प्रदेश न.१ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एमको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा गतराति साढे १२ बजे आगलागी भएको हो ।
स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङ भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिले जनाएको छ ।
आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खलिसकेको छैन । स्टुडियोमा लागेको आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा लिएकोे थियो ।
२०६१ सालमा स्थापना भएको सोलु एफ एम अहिले एक हजार वाट क्षमतामा प्रसारण भइरहेको थियो ।
