
मोरङ, असोज ११ गते ।
मोरङको पथरी शनिश्चरेमा स्कुटरको ठक्करबाट एक बालिकालाई गम्भिर घाईते भएकी छन् । पथिरीशनिश्चरे नगरपालिका –९ को भित्री सडक खण्डमा स्कुटरले ठक्कर दिदा बालिका गम्भिर घाईते भएकी हुन्् ।
शुक्रबार साझँ साढे ५ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ३२ प ८६५१ नम्बरको स्कुटरले स्थानीय ७ वर्षीय इक्शा लिम्बुलाई ठक्कर दिई गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ ।
घाईते बालिकालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको छ भने ठक्कर दिने स्कुटर र स्कुटर चालकलाई प्रहरीले निन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
