
पूर्णपुष्टि,असार १७ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवकता बसन्त पाठकका अनुसार बा. ९३ प ५८८१ नम्बरको स्कुटर स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ । उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको प्रहरीरीले जानकारी दिए ।
स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीय अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।
